कुमार कान्छा123ar.

कुमार कान्छा प्रसिद्ध गायक हुनुहुन्छ। उहाँ भारतको मुर्म्बई (बर्म्बई)मा बस्नुहुन्छ। पिता जागीरको सिलसिलामा दैलेख जिल्लाको बाँसीबाट कोलकाता (कलकत्ता) पुगेका बेला कुमार जन्मनुभएको हो। उहाँको जन्म २०१४ मंसिर २८मा भएको हो। पिताको नाम मनबहादुर शाह र माताको नाम तुलसीदेवी शाह हो। उहाँकी एक दिदी हुनुहुन्छ। उहाँ श्रीमती र दुइ छोराका साथ मुर्म्बईमा बस्नुहुन्छ।
कुमारले नेपालका एक सयभन्दा बढी चलचित्रमा गीत गाउनुभएको छ। 'लाहुरे', 'कोसेली' जस्ता चलचित्रमा अभिनय पनि गर्नुभएको छ। चलचित्रबाहेक गाएका नेपाली गीतहरू संगालेर उहाँका दुइ क्यासेट चक्का (एल्बम) बजारमा आएका छन्। भारतमा भने उहाँले २५ भन्दा बढी भाषाका एक हजारभन्दा बढी गीत गाउनुभएको छ। 'पीया कर गावँ' नामक चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत भारतको राष्ट्रियस्तरको पुरस्कार पाउनुभएको छ। उहाँ गीत रेकर्डिङका लागि नेपाल आइरहनुहुन्छ।

med5کر p ان VvSs ikil M7Ggna_ Zzi FEe eigfnsrQqw X